काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा माओवादीको संलग्नता देखिएपछि सुनकाण्ड अन्यत्र मोड्न लागेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले सोमबार पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागको दशौं बैठकलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।
उनले भने, ‘घटनाक्रमहरूले सुनकाण्डमा माओवादीको संलग्नता देखिएको छ । उनीहरूले घटनाक्रमलाई अन्यत्र मोड्न खोजेका छन् । गोदाममा रहेको साढे नौ किलो सुन हरायो रु यो भन्दा राज्यशक्तिको भद्दा दुरूपयोग के हुन्छ र? ’
ओलीले गृहमन्त्री मातहतको मेसिनरीले के हेरेको रु भन्दै प्रश्न गरे ।
‘यसमा गृहमन्त्रीको संलग्नता छ, त्यसैले हामीले गृहमन्त्रीको राजीनामा मागेका हौं’, ओलीले थपे ।


