काठमाडौं । हाइकिङ गर्ने क्रममा अचानक अचेत भएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको मुटुको अपरेसन गरिएको छ।
राजदूत श्रीवास्तवको धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ। उनको इन्टेन्सिभ केयर युनिटमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
अस्पताल स्रोतका अनुसार राजदूत श्रीवास्तवको मुटुको देब्रे नशामा ुहर्टअट्याक’ भएको हो। मुटुमा स्टेन राखेर ब्लकेज खोलिएको छ।


